पोखरा १८ साउन । औषधि व्यवस्था विभागले कास्की सहित देशका विभिन्न ९ जिल्लामा सञ्चालित ८७ औषधि पसललाई कारबाही गरेको छ। विभागले अनुगमनका क्रममा औषधि पसलहरुले कानुन अनुसार काम नगरेको पाइएपछि निलम्बन गरेको हो।

विभागले ८७ वटा औषधि पसलमध्ये कसुरका आधारमा ७ देखि ४५ दिनसम्म निलम्बन गरेको छ। निलम्बनमा पर्नेमध्ये धेरै काठमाडौं उपत्यकाका फार्मेसी छन्। विभागले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर सहित काभ्रे, गोरखा, कास्की, तनहुँ, लमजुङ र नुवाकोट जिल्लाका औषधि पसललाई निलम्बन गरेको हो।
आ.व. २०७७७८ मा निलम्बनको कारवाहिमा परेका औषधि पसलहरुको बिवरण.pdf – Google Drive
प्रतिक्रिया लेख्नुहोस्:-