एजेन्सी । टोकियो ओलम्पिक भिलेजमा रहेका खेलाडीहरुले खुला रुपमा पार्कमा नै रक्सीको सेवन गरेको पाइएको छ ।

टोकियो ओेलम्पिकमा रहेका एथ्लीटहरुले शनिबार ओलम्पिक भिलेजबाहिर पार्कमा खुला रुपमा रक्सीको सेवन गरेर सुतेकोे पाइएको एजेन्सीले बताएको छ ।
ओलम्पिक भिलेजमा रहेका खेलाडीहरुलाई बाहिर बसेर खान निषेध गरिए पनि आफ्नै प्राइभेट कोठामा लगेर रक्सी सेवन गर्न भने अनुमति दिइएकोे थियो ।
एजेन्सीका अनुसार ओलम्पिक भिलेजभन्दा बाहिर रहेर रक्सी पिउने खेलाडीहरुरमाथी कारबाही हुन सक्ने सम्भावना रहेको छ ।
‘जुलाई ३१ को रातमा थुप्रै एथलीट तथा पदधिकारीहरु पार्कमा रक्सीको सेवन गरी मातिएको अवस्थामा भेटिएका थिए,हामी अहिले त्यसको अनुसन्धान गरिरहेका छौं र आवश्यक कदम चाल्ने छौं’ टोकियो ओलम्पिकका जेनरल डाइरेक्टर तोसिरो मुटोले भनेका छन् ।
एजेन्सीका अनुसार नियम तोड्ने खेलाडीहरु खेलबाट नै निष्कासित हुन सक्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-