काठमाडौं १७ साउन । प्रहरीले नगद १३ लाख रुपैयाँ र १५ तोला बराबरको हीरा जडित सुनको गहना चोरी गरेको आरोपमा तीन जनालाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–४ का जनक थापा,सोही ठाउँ बस्ने नरबहादुर थापा र उनकै दाइ छत्रबहादुर थापा रहेका छन्। उनीहरुले भारत राइपुर सेईबजार मुजगाहान ‘शंकराचार्य कलेज’का अध्यक्ष निशान त्रिपाठीको घरबाट नगद र सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-