पोखरा १७ साउन । केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिता काठमाडौंमा असोज ७ र ८ गते हुने भएको छ । नेपाल केन्पो खुकुरी मार्शस् संघ केन्द्रिय समितिको पोखरामा बसेको बैठकले उक्त प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा ७ वटै प्रदेशबाट खेलाडी छनोट गरिने नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ केन्दीय समितिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी गराए ।
प्रतियोगिताको लागि हाल विभिन्न जिल्लामा खेलाडी छनोटका कार्याक्रमहरु भैरहेको पाण्डेले जानकारी दिए । प्रतियोगितामा २० देखि ३० वर्ष उमेरसमूहका महिला पुरुष खेलाडीको सहभागि हुन पाउने छन् । विजयी खेलाडीले एक लाख रुपैयाँ र पदक सहित पुरस्कृत गरिनेछ । यस्तै उपविजेताले नगद २५ हजार रुपैयाँ र पदक प्राप्त गर्नेछ । करिब ३ सय खेलाडी क्लोज क्याम्पमा बसेर प्रशिक्षण लिइरहेको भनाइ उनको छ ।
गण्डकी प्रदेशमा विष्णु अध्यक्ष
नेपाल केन्पो खुकुरी मार्शल आटर्स केन्द्रीय संघको पोखरामा बसेको चौथो विस्तारित बैठकले गण्डकी प्रदेशको कार्यसमितिको अध्यक्षमा विष्णु पुन, वरिष्ठ उपाध्यक्ष मनोज खड्का, उपाध्यक्ष तारा शर्मा, उपाध्यक्ष शान्तसिंह बस्नेत, उपाध्यक्षमा खेम गुरुङ, उपाध्यक्षमा हरिराज कोइराला, महासचिवमा सन्दीप कोइराला, सचिवमा, विष्णु पोखरेल, कोषाध्यक्षमा पुरुषोत्तम पौडेल र सदस्यहरुमा दिपेन्द्र शर्मा, गोविन्द भुसाल, विष्णु हरि भुगाई, श्रीकृष्ण पौडेल, दिनेश केसी, बल बहादुर सुनार, दिपेन्द्र अधिकारी, ऋषि बस्नेत, मोहम्मद जुमार अलि रहने निर्णय गरेको छ । कानुनी सल्लाहकारमा कुञ्जनी परियार ‘प्यासी’ लाई राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-