काठमाडौं १६ साउन । प्रहरीको जागिरका लागि अर्कालाई परीक्षा दिन लगाउने ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले ४ युवालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले प्रहरी जवानका लागि दरखास्त आह्वान गर्दा आवेदन दिएका थिए । उनीहरुले लिखित परीक्षा अर्कैलाई दिन लगाएका थिए । लिखितमा सफल भएपछि ती युवाहरु मौखिक परीक्षा दिन भने आफैँ गएका थिए ।
छानबिन पछि प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरुलाई कीर्ते गरेको कसुरमा मुद्दा चलाउन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-