काठमाडौं १६साउन । बेला बेलामा बिवादमा आउने पूर्वयुवराज पारस शाहले काठमाडौंको महाराजगञ्जस्थित सडकमा प्रहरीसँग झगडा गरेका छन् ।

हेलमेट नलगाई सडकमा मोटरसाइकल लिएर हिडेको अवस्थामा प्रहरीले पारसलाई रोकेका थिए । उनलाई प्रहरीले हेल्मेट लगाएर हिड्नु भनेपछि पारसले उल्टै प्रहरीलाई थर्काएको सामाजिक संजालमा रहेको भिडियोमा देखिन्छ ।
शुक्रबार साँझ ७:३० बजे उनले महाराजगञ्ज चोक नजिकै प्रहरीसँग झगडा गरेको भिडियो अहिले भाइरल बनेको छ ।
प्रहरीले पारसको हातमा समातेर तान्दै गरेको र पारसले बारम्बार जान्न भन्दै प्रहरीलाई थर्काएको भिडियोमा देख्न सकिन्छ ।
डिउटीमा रहेका प्रहरीले वाकीटकीमा पारसले रक्सी खाएर हेल्मेट नलगाई हिडेकोले छिटो गाडी पठाउन भनेका छन् ।
पारशका समर्थकहरुको भिड बढ्दै गएपछि प्रहरीबाट छुटाएर पारसकै पक्षमा हुटिङ गर्दै हिडेका छन् ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले हेल्मेट नलगाई हिडेपछि ट्राफिक प्रहरीले रोकेको र केहीबेर गलफत्ती भएको जानकारी दिए । पारस पक्राउ नपरेको उनले बताए । पारस यस भन्दा अघि पनि यस्ता विवादमा आइरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-