एजेन्सी । कुवेतमा सवारी दुर्घटनामा परी होम डेलिभरी सेवामा काम गर्दै आएका एक नेपाली युवाको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार रहका उनलाई स्थानीय रुमैथिया भन्ने ठाउँमा विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको कुवेतका सञ्चारमाध्यमहरुले बताएका छन् । मृतका कामदारको परिचय खुलाइएको छैन ।
उनको शवलाई पोेस्टमार्टमको लागि फोरेन्सिक ल्यावमा पठाइएको अनुसन्धानामा संलग्न प्रहरीले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-