पोखरा १४ साउन । पोखरामा नक्कली सुनको कारोबार गर्ने ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी रघुगंगागाउँपालिकाका ३ राखुका ४२ वर्षीय बिमला दमाई, रुपन्देही देबदह नगरपालिका ५ नमुनाटोलका पोखरा बस्ने ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्णगाउँपालिका वडा ३ पाउदुरका ४४ वर्षीय गणेश बहादुर दर्जी, रामेछाप सुकाजोर नगरपालिका ७ बृताका २३ वर्षीय अनिल भुजेल, सर्लाही बागमती नगरपालिका १ डापडाँडाका ४२ वर्षीय ईन्द्रबहादुर बलम पाकी, चितवन टाडी नगरपालिका २ का ३५ वर्षीय भुवन बिक र चितवन राप्ती नगरपालिका ९ का ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका हुन ।
पक्राउ परेका मध्य भुवन बि क पोखरा ८ सृजनाचोकको पर्वत सुनचाँदी पसलमा कालीगढ काम गर्ने गरेको पाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-