काठमाडौं १४ साउन। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । आजको बैठक पनि पार्टीको आशन्न महाधिवेशनमा केन्द्रित हुने कांग्रेसले बताएको छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

नेपाली कांग्रेसले कोरोनाको अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने जनाएको छ । बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग पनि छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । आजको बैठक देशव्यापीरुपमा कोरोनाको अवस्था के छ रु भन्नेमा केन्द्रित हुने बताइएको छ ।
कांग्रेस महाधिवेशन आउन अब ३४ दिनमात्रै बाँकी छ । तर, निर्वाचन समितिले कम्तिमा पनि ५३ दिनको समय लाग्ने बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-