काठमाडौं १३ साउन . दक्षिणकाली नगरपालिका ६ फर्पिङबाट संरक्षित वन्यजन्तु जिवित कछुवा सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका २ बस्ने २६ वर्षीय बिशाल सुनार, ४१ वर्षीय बिक्रम सुनार र मोरङ, उर्लाबारी नगरपालिका ६ बस्ने ३५ वर्षीय भुवन राई रहेका छन् ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-