पोखरा १३ साउन । साउन १९ गते देखी पोखरामा पहिलोपटक गाँजा महोत्सव हुने भएको छ । नेपाल गाँजा वैधानिक महाअभियान र प्रो क्यानाबिश युजर सोसाइटी र नेपाल गाँजा वैधानिक महाअभियानको आयोजनमा हुने छ ।

महोत्सव १९ गते बेलुका देखि सुरु हुने छ । महोत्सबमा गाँजाबाट बनेका कपडा, खाद्ययन, औषधीको प्रर्दशन तथा बिक्री बितरण हुने नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय समिति सदस्य ऋिगेन्द्र गिरीले जानकारी दिए ।
महोत्सवमा सहभागी हुनेले १६ गते सम्म नाम दर्ता गराउनुपर्ने हुन्छ । महोत्सवमा सहभागी हुनको लागि २ हजार २ सय रुपैयाँ तोकीएको छ । जम्मा भएको रकम मध्य २० प्रतिशत गाँजा बैधानिक महाअभियानमा जाने छ । महोत्सबको प्रमुख उदेश्य गाँजाको औद्योगिक उत्पादन तथा खाद्यबस्तुको प्रदर्शन र कृषक भेटघाट तथा नेटवर्किङ रहेको छ । हालसम्म महोत्सब स्थल तोकीएको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-