काठमाडौँ १२ साउन । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

सरकारले गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेललाई हटाएर पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई नियुक्त गरेको छ ।
सरकारले दुबै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
यसअघि केपी ओली नेतृत्वको सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो । पौडेल एमालेमा राष्ट्रपति विद्या भण्डारी निकट नेत्रीको रुपमा पनि चिनिएकी थिइन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख फेरेको केही महिनामै शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ नियुक्ति गरेको हो । यद्यपि पहिलेको सरकार झैँ देउवा नेतृत्वको सरकार पनि कोरोना संक्रमण बढिरहँदा नियुक्तिमा ध्यान दिइरहेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ ।
जवकि, ओली सरकारले प्रदेश प्रमुखमा फेरबदल गर्दा कांग्रेस सहित विपक्षी दलका नेताहरुले राजनीतिक पूर्वाग्रहबाट प्रदेश प्रमुख फेरिएको भन्दै कडा आलोचना गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-