काठमाडौं । सरकारले प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ । सत्ता साझेदारी गर्ने तयारीमा रहेको माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा नेता अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा पार्टीका तर्फबाट शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीताकुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेका बेला माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-