काठमाडौँ १२ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह एलेक्सले प्रतिस्पर्धा गर्दैछन् ।

शाहले पुरुषको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली समय अनुसार अपराह्न ३स्४५ बजे हुनेछ ।
७ खेलाडी रहेको यस स्पर्धामा उनी छैटौँ लेनमा छन् । एलेक्ससँग प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-