एजेन्सी । टोकियो ओलम्पिकको आज २१ वटा स्वर्ण पदकको छिनोफानो हुने भएको छ ।

विभिन्न १४ खेलमा २१ स्वर्णका लागि खेलाडीले प्रतिस्पर्धा गर्दा सवबैभन्दा धेरै पौडीमा चार स्वर्ण पदकको टुंगो लाग्ने छ ।
यस्तै, फेन्सीङ, तेक्वान्दो, जुडो र सुटिङमा दुई दुई वटा स्वर्ण पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
आर्चरी, जिम्न्याष्टीक, क्यानो स्लालोम, साईक्लीङ, डाइभिङ, स्केटबोर्डीङ, टेबल टेनिस, ट्राएथ्लन र भारत्तोलनमा एक एक वटा स्वर्ण पदकको टुंगो लाग्नेछ ।
ओलम्पिकमा अहिलेसम्म ६ स्वर्ण पदक जितेर चीन शीर्ष स्थानमा रहेको छ भने ५ वटा स्वर्ण पदक जितेको जापान दोस्रो स्थानमा छ ।
तेस्रो स्थानमा रहेको अमेरिकाले चार स्वर्ण पदक जितेको छ ।जारी ओलम्पिकका ४२ देशले पदक तालिकामा नाम लेखाए पनि १७ देशले मात्रै स्वर्ण पदक हात पारेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-