पोखरा ११ साउन । उर्जा जलस्रोत तथा खानेपानि मन्त्री हरिशरण आचार्यले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको पालङ्टार नगरपालिका वडा नं ७ र ८ का मतदाताहरु लाई भेट्दै बाढी पहिरो प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन् ।
पालङ्टार नगरपालिका वडा नं ७ मा निर्माण हुन लागेको कुमाल जातिको साँस्कृतिक संग्रहालय निर्माण स्थल अबलोकन गर्दै उनले निर्माणमा सक्रिय रुपमा लाग्न निर्देशन । उनले संग्रहालय बनाउने जग्गा अबलोकन गर्दै अहिले बिनियोजित रकमबाट डिपिआर तयार गर्ने र पछि फेरि पुर्वाधार तयार गर्ने बताए ।

बाढीका कारण क्षति भएका खानेपानी बलथुम खानेपानी अबलोकन गरी मर्मत गरी सन्चालनमा ल्याउन कोशिस गर्ने र वर्षाका कारण अबरुद्ध कसेरि फाँट सिचाई आयोजनामा तत्काल निर्णय गरी विनियोजन गरिएको १० लाख रकमको भैराखेको कामको समेत अनुगमन गरे ।
पालङ्टार नगरपालिका ८ मा विभिन्न स्थान लामाचौर पिङ्डाँडा, बन्चरे लगाएतका स्थानमा जनभेटघाट तथा जनगुनासो बारे छलफल सहित समस्या समाधान तथा योजनाका लागि कटिबद्ध रहि लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
बाढी पहिरोका कारण विभिन्न भुभाग चिसोखोला, जुडीखोला, तादीखोला, दुवार खानेपानी आयोजनामा स्थलगत अबलोकन गरिएको थियो ।
बाढीका कारण असर पुगेको बडहरे खोलामा मन्त्रीसहित प्रमुख जिल्ला अधिकारी, पालुङ्टार नगरपालिकाका मेयर, पूर्बाधार कार्यालय गोरखाका प्राविधिक लगाएतको उपस्थितिमा समस्या हल गर्न र निर्माणाधीन मोटरेवल पुल निर्माणमा तदारुकता देखाउन ठेकेदारलाई अनुरोध तथा तटबन्धनका कामलाई प्रकृयामा लैजाने कुरा बताए ।
जनताका प्रतिनिधि जनतासँगै हातेमालो गरेर अघि बढ्ने नवनियुक्त मन्त्रिको भनाइ रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-