२०८३ साउन २८, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कस्तो च्याउ खाने, कस्तो नखाने ?

गण्डकी प्रेस
साउन ११, २०७८ ०६:१९ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
जंगली च्याउको तरकारी खाँदा बाबुछोराको मृत्यु
64
SHARES
Share on FacebookShare on Twitter

पोखरा ११ साउन । साउन ३ गते इलाममा जंगली च्याउको तरकारी खाँदा बाबुछोराको ज्यान यो । फाकफोकथुम गाउँपालिका १ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यो घटना उद्दहारण मात्र हो । हरेक वर्ष यो मौसममा ३० देखि ४० जनाको ज्यान जंगली च्याउ खानाले ज्यान जाने गरेको तथ्याँक छ । यो अस्पताल गएकाहरुको मात्रै तथ्याँक हो । अस्पताल नगइकन वा थाहा नपाइकन पनि कतिपयको विषालु च्याउको कारण ज्यान जाने गरेको छ ।

वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा धेरै प्रजातिका च्याउ पाइन्छन् । पुरानो रूखको ठुटो, पत्कर वा खुला चौर र पाखामा च्याउ उम्रिन्छ ।

यस्ता च्याउ खानयोग्य पनि हुन्छन्, विषालु पनि । जथाभावी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ । कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।

कस्ता च्याउ खान हुुँदैन ?
जंगली च्याउ भौगोलिक अवस्था अनुसार फरक फरक हुन्छन् । त्यसैले सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा खानयोग्य भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र विज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगस् च्याउ पहाडी क्षेत्रमा पाइने र परम्परागत अनुभवका आधारमा नै यसको संकलन गर्ने गरिएको छ ।

कहिलेकाहीँ च्याउ आफैंमा विषाक्त नभए पनि हामीले संकलन तथा र भण्डारण तरिकाले पनि विषाक्त बनाउने च्याउ वैज्ञानिक प्रेमबहादुर मगर बताउनुहुन्छ । च्याउ संकलन तथा प्रयोग गर्दा विषेश सावधानी अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार हेर्दा रङ्गीचङ्गी र आकर्षक देखिने च्याउ खानु हुँदैन । कचौरा आकारको च्याउ पनि विषालु हुने उहाँको भनाई छ । डाँठ र छाता रातो भएको च्याउ पनि खानु हुँदैन । यसबाहेक गन्ध आउने र बैजनी तथा गाढा रातो रङ्गो च्याउ प्राय: विषालु हुन्छन् ।

च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा विषालु हो भनेर अनुमान गर्न सकिन्छ । नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो, गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा विचार पुर्याउन च्याउ विज्ञ मगरको सुझाव छ ।

विषालु च्याउको वरपर कीराहरु नलाग्ने हुन्छ । त्यसैले यी च्याउहरु हेर्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् । खान हुने वा नहुने च्याउ छुट्याउनु यी तरिकाहरु अपनाउन सकिने उहाँको भनाई छ । तर यसैको आधारमा च्याउ विषालु हो या होइन छुट्याउन गाह्रो हुने उहाँ बताउनुहुन्छ । ठाउँ र हावापानी अनुसार च्याउको प्रजातिमा फरक पर्ने हुँदा कुन च्याउ खान हुने र नहुने ठ्याक्कै छुट्याउन भने विशेषज्ञता नै चाहिने विज्ञहरुको भनाइ छ ।

नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइन्छ । तीमध्ये ७४ प्रकारका च्याउमा औषधीय गुण हुन्छ । १ सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने १ सय प्रजातिका च्याउ विषालु हुने मगरले बताउनुभयो ।

च्याउको विषबाट बच्न के गर्ने ?

सकभर आफूले चिनेको र जानेको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्री वितरण गर्ने र खाने ।
संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एवं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने ।

सकभर दुई प्रजातिका फरक– फरक च्याउ सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनुभन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।​
उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नष्ट हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।

च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुनपानी खान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै विधि अपनाउने ।

परम्परागत रुपमा प्रयोग गरिंदै आएको लसुन, दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ । छिटो भन्दा छिटो अस्पताल पुर्याउनु पर्ने हुन्छ ।
सबैलाई च्याउका सबै प्रकारहरुको ज्ञान नहुने हुँदा सकेसम्म राम्ररी ज्ञान नभएको प्रजातिको च्याउ प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ । यसका साथै च्याउ संकलन र प्रयोग गर्दा समेत विशेष सावधानी अपनाउनुपर्छ ।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal