इलाम १० साउन। इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गएको छ ।
फाकफोकथुम गाउँपालिका १ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । वडाध्यक्ष टेकबिर लिम्बुले अनलाइनखबरसँग भने, ‘बिरामी परेपछि दुईरतीन दिन घरमै झारफुक गरेर राखेछन् । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भन्यो । घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गयो ।’
प्रतिक्रिया लेख्नुहोस्:-