काठमाडौं १० साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ विभिन्न राजनितिक दलका नेता संग भेटघाटमा सक्रिय रहेका छन् ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ र नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’बीच भेटवार्ता भएको छ ।
विप्लवले शनिबार पूर्वगृहमन्त्री बादलसित भेटवार्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । विप्लवकै पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित भेटघाट भएको हो ।
विप्लव शान्ति प्रक्रियामा आई सरकारसित तीनबुँदे सहमति गर्दा बादल गृहमन्त्री थिए । बादल र विप्लव पूर्वसहकर्मी पनि हुन् । १० वर्षे सशस्त्र द्वन्द्वलगायतमा उनीहरु एउटै मोर्चामा थिए ।
विप्लवले पछिल्लो समय राजनीतिक भेटवार्ता बढाएका छन् । शनिबारै उनले जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसित भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-