पोखरा ९ साउन । पोखरा महानगरपालिका १ बगरमा नाली खन्दा विवाद आएपछि निमार्ण कम्पनीले केहि समय देखि काम रोेक्का गरेको छ ।
निमार्ण कम्पनीले विभिन्न सञ्चार माध्यममा नालीबाट निस्किएको माटोजन्य पदार्थ वडा अध्यक्ष शारदा पराजुलीको मिलेमतोमा क्रसरमा बेचिएको भन्ने समाचार आएपछि रोकेको थियो ।
लामपाटा, हरीचोक, टुँडिखेलसम्म ढल र बालज्योति देखि पण्डित पौवा पैदल मार्गसम्म नाली निमार्ण उपभोक्ता समितिले नाली निमार्ण गर्दा निस्किएको कुनैपनि वस्तु नबेचिएको स्पष्ट पारे ।
समितिकी अध्यक्ष रोजी पराजुलीले पुरानो नालीको छप्न्नी र नाली खन्दा निस्किएको ढुङ्गा, माटो लगायतका वस्तु राख्ने ठाउँ नपाएकाले क्रसरमा लगिएको बताए ।
वडा अध्यक्षको आफन्त समेत रहेको निमार्ण कम्पनीमा उक्त वस्तु लानु आश्चर्यजनक देखिएको छ । वडा १ को वस्तु पोखरा २५ हेम्जा लगेर राख्नुपर्ने आवस्यकता भने थिएन । वडा १ मै पनि राख्न सकिन्थ्यो । तर हेम्जामा रहेको जेके क्रसरमा लगेर राख्नुमा ठुलो प्रश्न उठेको छ ।
उता उपभोक्ता समितिले भने काम रोकिएको कारण वडामा दवाव दिएका छन् । समितिले काम तत्कालै हुनुपर्ने माग राखेका छन् । बैशाख २९ गते देउपुर भगवती कन्ट्रक्सनसँग वडाले योजना सम्झौता गरेको थियो ।
फसाउने काम भयो : वडा अध्यक्ष
उता वडा अध्यक्षले भने उक्त विषयमा आफूलाइ जोडेर समाचार बनाउँदै फसाउने काम भएको बताइन् । उनले उपभोक्ता समितिसँगको छलफलमा बोल्दै विकास निमार्णको काममा बाधा गर्ने व्यक्तिहरुको संलग्नमा फसाउने कार्य भएको बताइन् । उनले विभिन्न संचार माध्यममा प्रसारित समाचार मिथ्या भएको धारणा राखिन् ।

प्रतिक्रिया लेख्नुहोस्:-