वीरगञ्ज ९ असार । जनता समाजवादी पार्टीका दुई जना नेतालाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ। जनता समाजवादी पार्टी बाराका नेता एवं संविधानसभा सदस्य कलैया उपमहानगरपालिका–४ निवासी प्रमोद गुप्ता र फेटा गाउँपालिकाको बडककी फुलवरिया टोल निवासी सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले बिहीबार जेल चलान गरेको हो ।

०७४ सालमा भएको मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगजनी गरेको आरोपमा सोही बेला दुबै जनामाथि बारा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले ०७४ साल माघ २५ गते फैसला गर्दै आरोपित दुवै जनालाई ६।६ महिना जेल र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।
बिहीबार अदालतमा हाजिर भएका दुवै जनालाई अदालतले जेल चलान गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-