२०८२ फाल्गुन २५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नयाँ सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्न लागेकोमा भुमिअधिकारकर्मी चिन्तित

गण्डकी प्रेस
साउन ८, २०७८ १६:४१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
नयाँ सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्न लागेकोमा भुमिअधिकारकर्मी चिन्तित
128
SHARES
Share on FacebookShare on Twitter


कृष्ण रानाभाट/पोखरा । नेपाली काँग्रेसको नेतृत्वमा वनेको नयाँ सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज गर्न लागेको भन्ने समाचारले चिन्तित वनाएको भन्दै भूमि अधिकारको लागि लड्ने राष्टिय भुमिअधिकार मञ्च नेपाल कास्की जिल्ला कार्यसमितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको छ ।

मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङको नेतृत्वमा केन्द्रिय सदस्य आसबहादुर गुरुङ र कन्या गूरुङ, गण्डकी प्रदेश सदस्य धनकुमारी गुरुङ, कास्की जिल्ल समिति सदस्यहरु, पोखरा नगरसमितिका अध्यक्ष लेखमाया थापालगाएत गाउँ तथा टोल मञ्चका प्रतिनिधिहरुको एक टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीलाई अनुरोध पत्र प्रदान गरेको हो ।

सहायक प्रजिअ शाहिले पत्र बुझ्दै भुमि अधिकार कर्मीहरुको मागका विषयमा सबै पक्ष जानकार भएको वताउँदै उक्त पत्र प्रधानमन्त्री कार्यालयमा सकेसम्म छिटो पठाउने वताउँनु भयो ।

सो अवसरमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, भूमि अधिकारबाट बञ्चितहरुको संगठन भएको, मञ्चले नागरिकको सुरक्षित आवास, गुणस्तरीय जिविका र सम्मानपुर्वक जिउने अधिकारका लागि भूमिमाथीको स्वामित्व र पहुँच सुनिश्चित हुनु पर्ने विषयमा वकालत र अभियान गरिरहेको अध्यक्ष प्रेम बहादुर गुरुङले वताएका थिए ।

मञ्चले २०६२/६३ को जनआन्दोलन देखि संबिधान निर्माण प्रक्रियासम्म जनपक्षीय अभियान/आन्दोलनहरुमा सकारात्मक भूमिका निर्वाह गर्दै, भूमि समस्या समाधानका लागि स्थानीय तहसम्म संरचना भएको अधिकार सम्पन्न आयोगको माग गर्दै २०६५ मा गठित उच्चस्तरीय बैज्ञानिक भूमिसुधार आयोग र २०६६ मा गठित बैज्ञानिक भूमिसुधार सम्बन्धि उच्चस्तरीय आयोगमा सदस्यको जिम्मेवारीमा रही काम गरेको पनि गुरुङ वताउनु भएको थियो ।
भूमिहीन दलितलाई कानून बमोजिम एक पटक जग्गा उपलब्ध गराउने संबैधानिक ब्यवस्था, भूमि सम्बन्धि ऐन २०२१ को आठौं सशोधन र भूमि सम्बन्धि नियमहरु (अठारौं संशोधन)मा भएका ब्यवस्था अनुरुप काम गर्न २०७७ बैशाखमा गठन भएको भूमि सम्बन्धि समस्या समाधान आयोगलाई मञ्चले महत्वपूणर् अवसरको रुपमा लिई स्थानीय तह मार्फत हुने गतिबिधिमा सहयोग र समन्वय गर्दै आएको थियो ।

पुस्तौंदेखि कास्की जिल्लामा करिब ३० हजार घरपरिवार भूमि समस्या भोगीरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र भोगचलनमा रहेको जग्गालाई आफ्नो भन्न नपाएका अब्यवस्थित बसोवासीहरुको आशा अपेक्षा निराशामा बदलिएको, स्थानीय तह मार्फत लगत संकलनदेखि जग्गा नापजाँचका काम समेत भईरहेको अवस्थामा आयोग खारेज गरेमा देशभरका १७ लाख भूमि अधिकारबाट बञ्चितहरुप्रति सरकारले बिभेद गरेको महसुस हुने वताएका छन् ।

देशभर लगत संकलनको कार्य अन्तिम अवस्थामा पुगेको र नापनक्शा कार्य भई कामले गती लिईरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चितता नगरी आयोग विघटन गर्नु उचित नहुने ब्यहोरा अवगत गराउँदै हाल भईरहेको कामलाई असर नपर्नेगरी निणर्य लिनुहुनेछ भन्ने बिश्वासका साथ यो बिशेष अनुरोध पेश गरिएको सो अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा
प्रमुख समाचार

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु
प्रमुख समाचार

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत
प्रमुख समाचार

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
प्रमुख समाचार

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

पेस्तोलसहित १ पक्राउ

पेस्तोलसहित १ पक्राउ

चर्चित खबरहरु

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

३० वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने