काठमाडौं ८ साउन । गोकर्णेश्वधर नगरपालिका ५ जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका २ घर भएका ३३ वर्षीय सरोज लामा लगायत ४ जनालाई विस्कुट आकारको सुन जस्तो देखिने पहेँलो वस्तु लगायतका सामान सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको डेरा कोठामा सुन जस्तो देखिने वस्तु लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा सुन जस्तो देखिने विस्कुट आकारको १ केजी गोल्ड लेखेको १ थान वस्तु,
सुन जस्तो देखिने ५० ग्राम लेखिएको १४ थान चुरा, प्रभु बैंकको ३ लाखको चेक १ थान, नेपाल बङ्लादेश लिमिटेड शाखाको १ थान चेक, नगद २० हजार २ सय ५० रुपैयाँ, ५ थान मोबाईल, १ थान टुल बक्स, १ थान
स्क्रु डाईभर, ६ थान सुनको बिल भरपाई लगायतका कागजात उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-