काठमाडौं ७ साउन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १५औं समूहको सवारी चालक उन्नत यान्त्रिक ज्ञान तालिम सुरु भएको छ ।

सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई.नरोत्तम लाल प्रधानले बिहीबार महाशाखामा आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाहटन गरे ।
संगठनलाई आवश्यक पर्ने दक्ष सवारी चालक तथा मेकानिकको आवश्यकता परिपूर्ति गर्नका लागि आधुनिक प्रविधिको प्रयोग गरी तालिम सुरु गरिएको उनले बताए ।
जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान २६ जना गरी कुल ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले जानकारी दिए ।
हालसम्ममा ४ सय ५४ जना प्रहरी कर्मचारीहरुले सवारी चालक उन्नत तालिम हासिल गरिसकेको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-