कास्की ७ साउन । पोखरा महानगरपालिका १ बगरस्थित ग १ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक सहित कार चालक सोही महानगरपालिका १६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उक्त कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-