काठमाडौं ७ साउन । नेपाल क्लियरिङ हाउस एनसीएचएल सँग आवद्ध बैंकको सिष्टम ह्याक गर्ने ह्याकरहरुले धम्की दिएपछि बैंकर त्रसित बनेका छन् । एनसीएचएलसँग आवद्ध डेढ दर्जन भन्दा बढी बैंकको सिष्टम ह्याक गर्ने भन्दै २२ जुलाइसम्मको समयसीमा तोकेर गरेर ह्याकरले इमेल पठाएको छ ।
ह्याकरको इमेल १५ वटा बैंकमा एकसाथ आए पनि ती बैंकका प्रमुख कार्यकारी अधिृकतहरु त्रसित बनेका छन् । साथै उनीहरुले आफ्ना आइटी टिमलाई सचेत रहन पनि भनेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकहरुलाई ह्याकरले पठाएका इमेल आफूले पनि पाएको र सम्पूर्ण बैंक तथा एनसीएचएललाई सचेत रहन भनेको बताए । ‘त्यो इमेल फेक हुन पनि सक्छ, तैपनि हामीले सबैलाई अर्लट रहन भनेका छौं,’ ढकालले भने, ‘ह्याकरले भोलिसम्मको म्याद दिएको देखिएको छ । तर, त्यो फेक पनि हुन सक्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-