२०८२ जेष्ठ १, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गगन थापा खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति असन्तुष्टि

गण्डकी प्रेस
साउन ६, २०७८ १६:०६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
गगन थापा खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति असन्तुष्टि
6
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ६ साउन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खनालसँगको टेलिफोन संवादका क्रममा उपचार खर्च सरकारले व्यहोर्ने बताएको समाचार सार्वजनिक भएपछि उनले असन्तुष्टि जनाएका हुन्।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’, भन्ने व्यवस्था रहेको स्मरण गराएका छन् । उक्त कानून २०७५ असोज २ गतेदेखि लागू भइसकेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन। कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ।’

थापाले खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको भन्दै उनीसँग संसदमा सँगै काम गर्न आफूहरु प्रतिक्षारत रहेको बताएका छन् । उनलाई उपचारका लागि सहयोग जरुरत नै परेको खण्डमा देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको उल्लेख गर्दै बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दु:खी नबनाऊँ।’थापाले अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी देउवा सरकारले बोक्ने छैन भन्नेतर्फ सचेत पनि गराएका छन् ।

सम्बन्धित समाचार

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त
प्रमुख समाचार

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप
समाचार

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

सत्र बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा चिनियाँलाई मृत्युदण्ड

पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक : चीन

सर्वोच्चको परमादेश अनुसार देउवा आज ५ बजेभित्र प्रधानमन्त्री

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

चर्चित खबरहरु

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

श्रीमतीको हत्या गरेपछी आफैले गरे आत्महत्या