एजेन्सी । कोरा्ना महामरीको समयमा भारतमा बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु भएको छ । बर्डफ्लु भाइरसका कारण भारतमा यस वर्षमा पहिलो व्यक्तिको मृत्यु भएको हो ।

बर्डफ्लु, एभियन इन्फ्लुन्जा कुखुराहरुमा लाग्ने रोग भएपनि बर्डफ्लु संक्रमित कुखुराको मासु काँचै वा राम्रोसँग नपाकी खाँदा मानिसमा पनि बर्डफ्लु हुने र ज्यानै समेत जान सक्ने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । हाल सम्म बर्डफ्लु मानिसबाट मानिसमा सरेको भने नपाईएको स्वास्थ्यकर्मीको दाबी छ । यो भाइरसबाट ग्रसित चरा तथा कुखुराहरुको सम्पर्कमा रहेका मानिसलाई सर्न सक्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-