काठमाडौँ ६ साउन । नेकपा एमालेका दुवै समूहले बुधबार पनि छुट्टाछुट्टै बैठक बस्ने भएका छन् । संस्थापन समूहको केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दैछ। यसअघि सोमबार र मंगलबार पनि एमाले केन्द्रीय कमिटी बैठक बसेको थियो।

सोमबारको बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर अहिलेसम्म देउवालाई मत दिने सांसदहरुले स्पष्टीकरण पत्र नपाएको बताएका छन्।
मंगलबारको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सप्ष्टीकरण पत्र काट्ने काम भैरहेको र २४ घण्टापछि त्यसबारे थप थाहा हुने बताएका थिए। मंगलबारको बैठकमा प्रदेशगत रिपोर्टिङ भएकोमा आजको बैठकमा पनि त्यसले निरन्तरता पाउने उनले बताएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-