काठमाडौं ६ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार गोरखापत्र दैनिकमा सूचना निकाल्दै वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार, साउन ३१ देखि शुरू हुने परीक्षा भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा समय भने बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-