एजेन्सी । इराकको बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य सयौं घाइते भएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा मंगलबार विस्फोट भएको हो । यो विस्फोटलाई पछिल्लो छ महिनायताकै सबैभन्दा घातक ठानिएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट आईएस समूहले लिएको छ ।
इराक सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेयता त्यहाँ विस्फोटका घटना बढेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-