काठमाडौं ५ साउन । कोरोना कोभिड–१९ भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न सीसीएमसी सँग अनुमति मागेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-