पर्सा ४ साउन । पर्साको पकाहामैनपुर गाउँपालिकाका–१ का वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट सादा पोसाकमा खटिएको प्रहरीले आइतबार राति साढे १० बजे वीरगन्ज महानगरपालिका–१९ बर्वास्थित सडक खण्डमा ना१ब ३५९५ नम्बरको मोटरसाइकल जाँच गर्दा ७९ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-