पोखरा ४ साउन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले देउवालाई बधाई दिँदै कार्यसफलताको कामना गरे छन् ।

देउवाले संसद्बाट विश्वासको मत पाएपछि मोदीले बधाई दिएका हुन् ।
मोदीले देउवाको पालामा दुई देशका नागरिकबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे । उनले सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-