काठमाडौं ४ साउन । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड १९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार आजबाट काठमाडौंमा खोप लगाउन लागिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खोप केन्द्रको निरीक्षण गर्ने कार्यतालिका समेत रहेको छ।
अमेरिकाबाट गत सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो। ५० देखी ५५ उमेर समूहले जोन्सनको खोप लगाउने छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-