पोखरा ३ साउन । मुस्ताङ घरपझोङ गाउँपालिका ५ ठिनिखोला स्थित जोमसोम धुम्बा भित्रि कच्चि सडक खण्डमा जोमसोमबाट धुम्बा तर्फ जाँदै गरेको ग१ख ६८५२ नं को ट्रक ठिनि खोलामा रहेको काठको अस्थायी पुल तर्ने क्रममा अचानक पुल भाचिन गई उक्त ट्रक खोलामा खस्दा २ जानाको मृत्यु भएकोछ ।
ट्रकमा सवार ७ जना मध्य जिल्ला रामेछाप गोकुल गंगा गाउँपालिका १ बस्ने ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र सोही ठाउँमा बस्ने २६ वर्षीय मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ४ जनाको घाईतेको जिल्ला अस्पताल जोमसोममा उपचार भईरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-