काठमाडौं ३ साउन । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्नेछ।

पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहौल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मानेनन्।
नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले आज स्थायी कमिटी बैठक डाकेका हुन् । आजको बैठकले भोलि केन्द्रीय कमिटीको एजेण्डा तय गर्दै बैठक बोलाउने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-