पोखरा २ साउन । पोखरा महानगरपालिकाको एक खोप केन्द्रमा भएको अनियमितता प्रति सुचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल पोखरा ६ ले कास्कीका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
संजालको तर्फबाट पोखरा ६ स्थित तालबाराही माध्यमिक विद्यालयमा संचालन गरिएको खोप कार्यक्रममा ब्यापक अनियमितता भएको तथ्यहरुसहित प्रमुख जिल्ला अधिकारी मार्फत सत्यतथ्य छानविनको आग्रह गरिएको हो ।
स्थानिय अधिकारीलाई बुझाईको पत्रमा लक्षित वर्ग बाहेकलाई पनि खोप लगाईएको, ८० डोज खोपको दुरुपयोग गरिएको र ६०० डोज खोपको दर्ता किताबमा पुरा विवरण नपाईएको लगायतका तथ्यहरु उल्लेख गरिएका छन् ।
भविष्यमा यस्ता प्रकारका कमजोरीहरुको पुनारावृत्तिमा निषेध गर्न पनि आग्रह गरिएको छ । खोपको दुरुपयोग अमानवियताको पराकाष्ठ भन्दै यस्ता प्रकारका कार्यले राज्यको लक्ष्य पुरा हुन नसक्ने बताईएको छ ।
सुचनाको हकका लागि राष्ट्रिय संजालको तर्फबाट अनिल थापा, सुरेश पहारी, कृष्ण बराल र शिब जिसीले अनुसन्धानको माग गरेका छन् । र, उनिहरुको मागलाई प्रुमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आवश्यक छनविन गर्ने आश्वासन दिएका छन् ।
खोप अनियमितता भएका गुनासाहरु पोखराका अन्य खोप केन्द्रहरुबाट पनि आइरहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-