बाजुरा २ साउन । १४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बाजुराले बुढीगंगा नगरपालिकाका ६७ वर्षीय बाबुलाई जन्म कैद सजायको फैसला सुनाएको छ।
जिल्ला अदालत बाजुराका न्यायाधीश माधबप्रसाद घिमेरेको असार ३१ गतेको इजलासले छोरीलाई जबरजस्ति करणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१० र २१९ २ बमोजिम जन्मकैद अर्थात २५ वर्ष कदै र ५० हजार नगद जरिवाना तोकेको छ।

बुवाले छोरीलाई बलात्कार गरेपछि गर्भ रहेको घटना बाहिर आएपछि बालिकाका दाईले ०७७ साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही दिन आरोपितलाई पक्राउ गरी सरकारी वकिल कार्यालयमार्फत ०७७ साउन २२ गते जिल्ला अदालत बाजुरामा जबरजस्ति करणी र हाडनाताकरणी अन्र्तगत मुद्धा दर्ता भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-