पोखरा २ साउन । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल जीवनले पोखरा २५ लाम्पाटाको घर घरमा पिउने पानी उपलब्ध गराउनु पर्ने माग गरेका छन्। सुनौलो टोल विकास संस्थाले विहिबार साँझ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै सांसद बरालले अव्यबस्थित बसोबास रहेको लाम्पाटामा पिउने पानी उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने “ सुकुम्बासी बस्तीहरुमा त पिउने पानीको प्राय: सबै क्षेत्रमा पहुच पुगेको छ भने तपाईहरुले त केही न केही रकम तिरेर बसोबास गर्दै आउनु भएको छ, तपाईहरुले पनि अब बसाईसराई ल्याउनु पर्छ त्यस पछि पानी उपलब्ध गराउन हामीले पहल गछौं । ” पोखरा महानगरपालिका वडा २५ को वडा कार्यालयले पनि उनीहरुलाई उक्त क्षेत्रमा बसोबास गरेको आधारमा बसाई अवधि खुल्ने पत्र दिनुपर्ने सांसद बरालको भनाई थियो । उनले भने “निर्वाचनका वेला पुरानो घर खोज्दै जाने तर २०—२५ बर्ष देखि यहाँ बस्ने अब तपाईहरुले यहीको बासिन्दा हुनु पर्छ । ”
नेपाल खानेपानी संस्थालाई लाम्पाटन क्षेत्रमा पानी उपलब्ध गराउने बिषयमा हाल पाइप लाइन समेत बिच्छाउन बिषेश पहल गरेको बताएका सांसद बरालले अब पानी उपलब्ध गराउने बिषयमा सवैले सहयोग गर्नुपर्ने बताए । उनले भने “जहाँ पसिना बगाइन्छ, जहाँ श्रम गरिन्छ स्वभाविक रुपमा अधिकार प्राप्तीको लागि पनि त्यहीबाट लड्नु पर्छ ।”
पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले खानेपानीले जथभावी रुपमा पाइप लाइन विस्तार गर्ने जनप्रतिनिधिहरुसंग कुनै सहकार्य समेत नगरेको गुनासो गरे । पोखरा २५ मा जिआई पाइप केही व्यक्तिको घर घरमा भएको बताएका उनले खानेपानी वितरण गर्ने नाममा भ्रष्टचार समेत हुने गरेको उनको आरोप छ ।
नेपाल खानेपानी संस्थापन पोखरा शाखाका प्रमुख आसिस कार्कीले आफुहरु एक प्रकारको व्यवसाय भएकोले पाइप लाइन विस्तार भएको स्थानमा पानी वितरण गर्न आफुहरु सकरात्मक भएको बताए ।
संस्थाका अध्यक्ष बुद्धि बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्रका नेता माधवशरण पौडेल, नेपाली कांग्रेसका नेता दानबहादुर थापा, राष्ट्रिय जनमोर्चाका नेता तम बहादुर रोका, लाम्पाटा आमा समुहका अध्यक्ष धनदेवि सापकोटा, संस्थाका सचिव सुर्य सापकोटा, सदस्य रविन कार्की लगायतले अत्यावसेक सेवा पिउने पानी तत्काल उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए । आफुहरु विगत करिब २५ बर्ष देखि बसोबास गर्दैै आएको लाम्पाटा क्षेत्रमा हाल १ सय ६१ घर परिवार रहेको स्थानिय रमेश देउजाले बताए । स्थानिय कुवंर परिवारबाट आफुहरुले निश्चित रकममा जग्गा लियर बसोबास गरेको उनको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस्:-