काठमाडौं १ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई पनि बोलाइएको जानकारी दिए । यद्यपि नेपाल पक्षका नेताहरु बैठकमा जाने कि नजाने भन्ने टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-