पोखरा १ साउन । पछिल्लो समयमा खोप लगाउने क्रममा भिन्न ठाउँमा विवाद आउन थालेको छ ।
पोखरामा खोप आफन्तमा लगाएको विवाद केही समय अघि देखी नै आएको हो । विभिन्न वडाका जनप्रतिधीले आफुखी आफ्ना मान्छे उमेर कम उमेर भएका वा लक्षित वर्गमा नपर्नेलाइ खोप लगाएको पाइएको छ । पोखरा महानगरपालिकामा वडा १ देखी १७ सम्म असार ३० र ३१ गते चलेको खोप शिविरमा यस्तो देखिएको हो ।
पहिलो डोज भेरोसेल खोप लगाउदा विवादमा परेको पोखरा ६ अहिले पनि विवादमा परेको छ । वडामा लगोको मध्य केही खोप हराएको गुनासो आएको छ ।
प्रशासनले भने खोप नहराएको दावी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा ६ मा लगिएको खोप पुन फिर्ता गरेको बताए । उनले लक्षित उमेर र समुह भन्दा बाहिरकालाई खोप नलाउनको लािग खोप फिर्ता गरिएको हो । पोखरा १०मा पनि खोपमा लगाउने क्रममा लापवाही भएको पाईको छ ।
यता पोखरामा एउटामा वडामा बस्ने मान्छेले अर्के वडामा गएर खेपलगाएको पाइएको छ ।
पोखरामा खोप लगाउने क्रममा व्यवस्थापन पनि नम्जोर भएको पाइर्एको छ । खोप लागाउने क्रममा नै कोरोना फैलेन त्रास बढेको छ ।
खोप लगाउने बेलामा पनि लापर्वाही भएको भन्दै सुचनाको हकको लागि वडा सञ्जाल, पोखरा ६ ले विरोध गरेको छ ।
यहाँका स्थानीय तहमा जनप्रतिनिधि र स्वास्थ्य शाखाले लक्षित समूहका नाममा आफन्त, नातागोता र परिवारका सदस्यलाई खोप लगाएको पाइएको हो । जनप्रतिछनिधीले आफ्ना पाटीको भोटर छानेर खोप लगाउने गरेको पाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-