पोखरा ३१ असार । प्रहरीले पोखरा महानगरपालिका वडा नं.१ बगरबाट ठूलो मात्रमा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १ बगर बस्ने वर्ष ४९ का अर्जुन कुमार गुरुङ रहेका छन् ।
पोखराको बगर क्षेत्रमा लागूऔषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले गुरुङलाई शंकास्पद अवस्थामा फेलापारी व्यक्ति र घर समेतको तलासी गर्दा निजको कोठाबाट सुटकेस भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध डाईजापान ६७० एम्पुल, फेनारगन ६७० एम्पुल, नुर्फिन– ६७४ एम्पुल गरी जम्मा २०१४ एम्पुल लागुऔषध बरामद गरेको छ ।
उनको साथबाट नगद रु.५,२१,२०० र मोबाईल १ थान सहित फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङ उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी घटनाका विषयमा थप अनुसन्धान पनि भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-