एजेन्सी । भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । विभिन्न राज्यले लकडाउन खुकुलो गरेसँगै संक्रमितको संख्या बढ्न थालेको हो ।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ८५४ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार ४० हजार २१५ र मंगलबार ३० हजार ८२७ जनामा कोरोना पुष्टि भएको थियो ।
भरतमा हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ८६ हजार ८०३ पुगेको छ । त्यस्तै त्यहाँ अहिले सम्म कोरोना संक्रमणका कारण ४ लाख १२ हजार १९ जनाको मृत्यु भएको छ भने अहिले सम्म ३ करोड १ लाख ३६ हजार ४८३ जनाले कोरोना जितेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-