पोखरा ३० असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारको क्रममा संसद भवन भित्रको टेवल फालेका छन ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्न लागेपछी पूर्व भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले टेवल उचालेर फालेका हुन ।

प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरे । घेराउपछी प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएका थिए ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद धेकलाधकेल भएको थियो । धेकेलाधकेल पछी बस्नेतले टेवल फालेका हुन ।
सत्ता पक्षले ३० अर्बको बजेट बहुमत सांसदले पारित गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-