काठमाडौं ३० असार। महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उनले बताए ।
बुधबार बिहान अन्दाजी पाँच बजेतिर अतिथि गृहसँगैको कोतमा घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक एसपी दिनेश आचार्यले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-