काठमाडौं ३० असार। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

ओली सरकारी निवास बालुवाटार छोडेर भक्तपुर बालकोटस्थित आफ्नो नीजि निवास जाने भएका हुन् ।
ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्ने तयारी रहेको बताइएको छ । मंगलवार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्ति भएका छन् । उनी आफ्नै निवास बूढानिलकण्ठमा छन् । ओलीको बर्हिगमनसँगै उनी सरकारी निवास बालुवाटार प्रवेश गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-