पोखरा ३० असार । पोखरामा खोप आफन्तमा लगाएको विवाद केही समय अघि देखी नै आएको हो । पहिलो डोज भेरोसेल खोप लगाउदा विवादमा परेको पोखरा ६ अहिले पनि विवादमा परेको छ ।
पोखरा महानगरपालिकामा जनप्रतिधीका आफन्तले खोपलगाएको प्रमाण गण्डकी पे्रसलाई आएको छ । जेठको अन्तिम सातमा पोखरामा ६५ वर्ष उमेर भन्दा माथीकालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइएको थियो । उक्त समयमा २४, २५ वर्ष उमेरकाले पनि खोप लगाएको पाइएको छ ।

पहुँचका आधारमा खोप लगाएपछि सर्वसाधारण आक्रोशित बनेका थिए । दोस्रो डोजको खोप लगाउने बेलामा पनि लापर्वाही भएपनि सुचना सञ्जालले विरोध गरेको थियो ।
यहाँका स्थानीय तहमा जनप्रतिनिधि र स्वास्थ्य शाखाले लक्षित समूहका नाममा आफन्त, नातागोता र परिवारका सदस्यलाई खोप लगाएको पाइएको हो । यसरी खोपमा पोखराका २, ९, १७ लगायतका वडाले लापर्वाही गरेको हुन । यसरी लापर्वाही गरेपछी पहिलो डोजको खोपल लगाउने बेलामा स्वाथ्यकर्मीले असुरक्षा महसुस गरेका थिए । जनप्रतिनिधी आफैले फोन गदै बलाएर आफन्त र नजिकैका मान्छेलाई खोप लगाएका थिए । यस विषयमा पोखरा महानगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष जगत पहारी लार्य सम्पर्क गर्दा उनले सरकारी नम्बर ९८५६००३००६मा फोन नलाग्ने बनाएर राखे ।
यस भन्दा अधि पनि यस्तो गुनासो आउदा जिम्मावर निकया सिडीयो कार्यालय। जिल्ला जनस्वाथ्यले कार्वाही नगरी मौन बसेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-