काठमाडौं २९ असार । तारकेश्व र नगरपालिका ५ पुरानोगुहेश्व्री ढुङ्गेधारा बस्ने नुवाकोट ककनी गाउँपालिका १ घर भएका ४० वर्षीय राजन श्रेष्ठको निर्माणाधिन घरबाट नगद ६ लाख रुपैयाँ सोमबार राति चोरी भएको छ ।

उक्त निर्माणाधिन घर भुइँ तलामा सुतीरहेको अवस्थामा अपरीचित ब्याक्तिहरुले दराजको ताला फुटाई उक्त नगद चोरी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-