नवलपरासी २९ असार । पाल्हीनन्दन गाउँपालिका ६ राजावारी बस्ने ७० वर्षीय शिवा प्रसाद तेलीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ वर्षीय बलिराम गुप्तालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बाँस काटने बिषयमा विवाद हुँदा गुप्ताले शुक्रबार बिहान कुटपिट गर्दा गम्भीर घाइते भएका तेलीको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सनईबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गुप्तालाई पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-